×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा ‘मिस्डकल’बाटै खाता खोल्न सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकमा ‘मिस्डकल’बाटै खाता खोल्न सकिने !

Artha Sarokar

२३ पुष २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले ‘मिस्डकल’ बाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकको सुविधाका लागि बैंकले ‘मिस्डकल’ बाटै बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

बैंकले ल्याएको उक्त सुविधा लागि ग्राहकले एनआईसी एशिया बैंकको ९८०१२२७७५५ नम्बरमा ‘मिस्डकल’ गर्नुपर्नेछ । ग्राहकले उक्त नम्बरमा मिस्डकल गरेसँगै बैंकका प्रतिनिधिले तुरुन्तै ग्राहकलाई ‘कल ब्याक’ गरी बैंकमा खाता खोलिदिने बैंकले जनाएको छ । बैंकको उक्त सुविधासँगै अहिले दैनिक रुपमा खाता खोल्नका लागि बैंकमा ‘मिस्डकल’ गर्नेहरु बढेको बैंकले जनाएको छ ।

यसो त बैंकमा ‘मिस्डकल’ गरी खाता खोल्ने ग्राहकका लागि बैंकको थुप्रै आकर्षक सुविधा पनि ल्याएको छ । यसरी बैंकको ९८०१२२७७५५ नम्बरमा ‘मिस्डकल’ गरी सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले सर्वाधिक उच्च ब्याजदरसहित पाँच वर्षका लागि निःशुल्क रु. ८४ लाखसम्मको तीन बीमा सम्बन्धी फाइदाहरु पाउने बैंकले जनाएको छ । योसँगै ग्राहकले तनिक कर्जा सम्बन्धी फाइदाहरु र पाँच वर्षका लागि निःशुल्क अन्य १८ वटा फाइदाहरु पनि पाउने बैंकले जनाएको छ ।

हाल एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी