×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक बैंकको औपचारिक एकीकरण, अध्यक्ष पाँडे भन्छन्- ‘बिग मर्जरले नयाँ उत्साह थपिएको छ’

PRIME CA

नेपाल इन्भेष्टमेन्ट बैंक बैंकको औपचारिक एकीकरण, अध्यक्ष पाँडे भन्छन्- ‘बिग मर्जरले नयाँ उत्साह थपिएको छ’

२७ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंकले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योतिप्रकाश पाण्डेयले दीप प्रज्ज्वलन गरी कारोबार शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले एकपछि अर्को लगातार भईरहेको बिग मर्जरले नेपाली बैंकिङ क्षेत्रमा छुट्टै सिनर्जी ल्याएको बताएका छन् । बिग मर्जरले सिनर्जी ल्याईरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरले थप उत्साह थपेको पाँडेको भनाई छ ।

दुवै बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर भएको हो । योसँगै अब मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी करिब ३५ अर्ब पुग्नेछ । त्यस्तै, जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड रुपैयाँ रहनेछ भने निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने भएको छ ।
मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे रहनेछन् भने मर्जरपछि बैंकको सीईओमा ज्योतिप्रकाश पाण्डेय रहनेछन् । बैंकको बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतमा मेगाका महेश खनाल रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: