×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, दिउँसो २ बजे बोलकबोल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, दिउँसो २ बजे बोलकबोल

Artha Sarokar

२५ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गर्ने सो ट्रेजरी बिलको सोमबार दिउँसो २ बजे बोलकबोल हुने भएको छ ।

राष्ट्र बैंकले २८ दिनको लागी २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ भने यो ट्रेजरी माघ २४ गते परिपक्क हुन्छ । त्यस्तै, केन्द्रिय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको र १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यी ट्रेजरी चैत २८ गते र २०८० असार २६ गते परिपक्क हुनेछन् ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

साथै, बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी