बिराटनगर । केहि समय अगाडी अब्दुल खताबले आफ्नो नाममा पक्राउ पूर्जी जारी भएको थाहा पाए । उनलाई मान्छे अपहरण गरेर शरीर बन्धक बनाइएको आरोप लागेको रहेछ । सोहि दिन केहि संचारमाध्यममा उनीविरुद्ध अपहरण केसमा किटानी जाहेरी परेको खबर पढे उनले । मान्छे अपहरण गरेको, र बलजफ्ती १५ लाख फिरौती लिएर छोडेको आरोप उनलाई छ । तर खास कुराचाहिं के छ भने, उनलाई अपहरणको आरोप लगाउने व्यक्ति अरु कोहि नभएर, उनकै पार्टनर हुन् । उनका पार्टनर व्यवसायी पनि हुन् । बिराटनगरमा चलेको नेपाल टाइम्स नामक मिडियामा पैसा हालेर सेयर लिएका उनले नै आफ्नो अपहरण भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।
भएको के हो ?
सानो उमेरमै मिडिया संचालकका रुपमा सफल भएका व्यक्ति हुन् खताब । केहि बर्ष अघि मात्र उनले सुरु गरेको नेपाल टाइम्स अहिले देशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ । नेपालमा अनलाइनमा पनि टेलिभिजन हुन्छ र ? वा अनलाइन टेलिभिजन पनि हुन्छ र ? भन्ने स्थितिमा उनले ‘अनलाइन टेलिभिजन भनेको यस्तो हुन्छ’ भनेर देखाईदिएका थिए । अहिले पनि नेपाल टाइम्सको टप ५० बुलेटिन, नेपाल टाइम्स ट्रेण्डिङ लगायत सो मिडियाले उत्पादन तथा प्रशारण गर्ने भिडियो रिपोर्टहरु दिनमै लाखौँले हेर्छन् । देश विदेशमा उनको मिडियाको चर्चा एकदम धेरै छ ।
चर्चा बढेसँगै उनको मिडियामा लगानी गर्न इच्छुकहरु पनि बढे । यहि क्रममा जोडिएका व्यवसायी थिए- अरुणकुमार राठी । राठीका प्रोडक्टहरु पनि नेपाल टाइम्समा प्रमोट गर्ने र राठीले हालेको पैसा अनुसार सेयर दिने सम्झौता अनुसार भएको थियो । करिब २ वर्ष अगाडी नेपाल टाइम्स मिडिया प्रालिको २० प्रतिशत शेयर २० लाख रुपैयाँमा खरिद गरेका थिए ।
तर बीचमा खताव र राठीबीच सम्बन्धमा केहि दरार आएको थियो । खाताबका अनुसार राठीले नेपाल टाइम किन्ने अफर गरेका थिए । ‘कि किनिदिन्छु, कि सकिदिन्छु भन्नुभएपछि, मैले पनि पूरै किन्न पनि दिन्न सक्न त झन् दिंदै दिन्न’ भनेको थिएँ । त्यसपछि म विरुद्ध अनेक षड्यन्त्र भए ।’ खताबको तर्क छ ।

‘पार्टनरशिपमा समस्या आउँदा अपहरणको बात’
सम्बन्धमा दरार आएपछि दुई पार्टनरबीचको सम्बन्धमा समस्या देखियो । तर पैसाको हिसाब त मिलाउनु पर्ने नै थियो । जुन दिन अपहरण गरियो भनेर राठीले किटानी जाहेरी दिएका छन्, सो दिन खताव र राठीबीच भेट भएको छ । भेटमा उनीहरुबीच केहि छलफल र केहि भनाभन पनि भएको छ । राठीले १५ लाखको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा काटेका छन्, जसमा उनी स्वयम् सेयरहोल्डर छन् । तर त्यहि १५ लाख रुपैयाँ खताबले फिरौती मागेको भन्दै राठीले प्रहरीमा किटानी जाहेरी दिए । जाहेरीपछि खताबविरुद्ध पक्राउ पूर्जी जारी भयो । उनको मुद्धा अहिले अधिवक्ता स्वागत नेपालसहितको टिमले लडिरहेको छ । र उनी भनिरहेका छन् -‘पार्टनरशीपमा समस्या आएकै हो । मैले उहाँ स्वयम् पनि सेयरहोल्डर भएको कम्पनीका नाममा चेक लिएकै हो । तर मैले कसरी मान्छे अपहरण गर्न सक्छु ? मेरो पार्टनरसँगको आन्तरिक विवाद कसरी अपहरण हुन सक्छ ? पार्टनरशिपमा समस्या आउँदा अपहरणको बात लगाइयो ।’
तर अपहरण भएको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउपूर्जी जारी गर्यो । उनलाई पक्राउ पूर्जी जारी गरेपछि उनी कानुन व्यवसायीहरुको राय लिन थाले । त्यतिकैमा उनी फरार भनेर केहि संचारमाध्यममा समाचार आयो । त्यसपछि उनी कानुन व्यवसायीहरुको सल्लाहमा आफैं प्रहरीसमक्ष उपस्थित भए । अहिले उनी थुनामा छन् । यहि बेला कुनैबेला कसैले आरोप लगाएकै भरमा थुनामा परेका रवि लामिछाने गृहमन्त्री छन् । यो समाचार तयार गर्दासम्म उनी थुनामा परेको १७ दिन भयो । हिरासतमा पुगेकासँग उनी भन्छन्- ‘केहि गल्ती नगर्दा पनि अनेक बात लगाएर मलाई फसाईयो ।’
राठीको आरोप- ‘अपहरण भयो, फिरौती मागियो’
यता राठीको आरोप भने अर्कै छ । मङ्सिर १३ गते मंगलबार साँझ खताबले आफुलाई फोन गरेर भिडियो बनाउन भन्दै प्रस्ताव गरेको, र आफ्नै पार्टनरबाट प्रस्ताव आएकाले स्वीकार गरी भोलिपल्ट बुधबार भिडियो खिच्न भनेर जाँदा उनलाई अपहरण गरिएको आरोप उनको छ । सो दिन भिडियो शुट पनि भयो । विभिन्न ठाउँमा भिडियो खिचेपछि आफुलाई खताबले दाम्लोले बाँधेर बार्गेनिङ्ग गरेको उनको तर्क छ । विभिन्न मिडियामा पनि उनले आफुलाई बाँधेर पैसा मागिएको र आफुले चेक दिएको तर्क उनको छ ।
ग्लोबल आईएमई बैंकमा रहेको उनको चेक भोलिपल्ट साटिएको छ ।
तर घटना भएको भनिएको ३ दिनपछि उनले प्रहरीमा आफुलाई खताबले अपहरण गरेको भन्दै किटानी जाहेरी दिए । उनले सोहि विवरण विभिन्न उद्योग संगठनहरुमा पनि पठाए । डाक्टरले २१ दिनसम्म आराम गर्नु भनेको भन्दै उनी अहिले आराम गरिरहेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लाई राठीले पत्र पठाएरै आफू पीडित भएको गुनासो गरेका छन् । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले अनुसन्धानका लागि अनुरोधसमेत गरेको छ ।

प्रहरीको अनुसन्धान सकियो, अव थुनछेक बहस
प्रहरीले प्रारम्भिक अनुसन्धान सक्काएको छ । र अव थुनछेक बहस हुनेछ । नेपाल टाइम्स मिडियाकै नाममा चेक काटिएको देखिएकोले सो आन्तरिक कारोबार भएको र फिरौती नभएको दाबी खताब पक्षका वकिलले गर्नेछन् भने राठीका पक्षका वकिलले अपहरणको दाबी गर्नेछन् । तर यतिबेला प्रहरीकै अनुसन्धानमाथि खताबले चिन्ता व्यक्त गरेका छन् । ‘जसरी पनि नेपाल टाइम्स सिध्याउँछु भनेर व्यापारीहरु लागेपछि मेरो एक्लै के जोड लाग्छ र ! त्यसमाथि म भित्र छु । प्रहरीले गरेको अनुसन्धानमाथि नै मलाई शंका छ । तर अदालतले सबै कुरा बुझ्छ र म निर्दोष सावित हुन्छु भन्ने विश्वास पनि छ मलाई ।’ पंतिकारसँगको हिरासतकै भेटमा उनले भने – ‘यस्तै केसमा फस्नुभएको रविदाई अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँले यो कुरा स्पष्ट बुझ्नुहुन्छ । एउटा मिडियाकर्मी थुनामा राखेर बाहिर प्रहरीले गर्ने सम्भावित चलखेलका बारेमा पनि उहाँ अनुभवी हुनुहुन्छ । प्रहरीको अनुसन्धान तथष्ट भए म निर्दोष सावित हुनेमा कुनै शंका छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्