×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समा खोल्न सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशियाको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समा खोल्न सकिने !

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याजदर भएको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समा खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै बैंकमा सर्वाधिक रुचाइएको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समै खोल्न सकिने योजना ल्याएको हो । बैंकको यो योजनासँगै बैंकमा सर्वश्रेष्ठ शून्य मौज्दात खाता खोल्नेहरुको संख्या बढेको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त खाता खोल्ने ग्राहकहरुले बैंकबाट अन्य छुट तथा सुविधाहरु पनि पाउनेछन् । बैंकमा सर्वश्रेष्ठ शून्य मौज्दात खाता खोल्दा ग्राहकले खाता खोलेको पहिलो वर्षका लागि निःशुल्क निःशुल्क डेबिट कार्ट र मोबाइल बैंकिङको सुविधा पाउने बैंकले जनाएको छ ।

बैंकको उक्त खातामा बचत गर्ने ग्राहकले सर्वश्रेष्ठ वार्षिक ब्याजदर पाउनेछन् । आकर्षक ब्याज पनि पाइने र ब्याजका साथमा आकर्षक छुट तथा सुविधा पनि पाइने भएपछि यसतर्फ ग्राहकको आकर्षण पनि बढ्दो देखिएको छ ।

हाल एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी