Skip to content
LAXMI SUNRISE BANK

दोस्रो त्रैमासमा निफ्राको नाफामा आकर्षक बढोत्तरी, खुद नाफा ७३.०९ प्रतिशतले बढ्दा ईपीएस दुई रुपैयाँ ६६ पैसाले बढ्यो

अर्थ सरोकार

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को खुद नाफामा आकर्षक बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै निफ्राले खुद नाफामा ७३.०९ प्रतिशतले वृद्धि भएको जनाएको हो । यो सँगै निफ्राको नाफा ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

निफ्राले गत आर्थिक वर्षको सोही अवधिमा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

निफ्राले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । यो अवधिमा निफ्राको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निफ्राको सञ्चालन नाफामा पनि ७३.०९ प्रतिशतले वृद्धि भएको छ ।

नाफासँगै निफ्राको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा निफ्राको ईपीएस २ रुपैयाँ ६६ पैसाले बढेर ७ रुपैयाँ ०९ पैसा पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निफ्राको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK