काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको हो ।
योसँगै अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नुपर्ने छैन । यसअघि विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले २०७८ साल पुस ५ र माघ २६ मा एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले गरेको सो व्यवस्थाको चर्को विरोध भएसँगै राष्ट्र बेंकले सो व्यवस्था हटाएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् । ‘आयातमा गरेको कडाई चर्को विरोधपछि आयातमा नगद मार्जिनको व्यवस्था हटाइएको हो’, ती अधिकारीले अर्थसरोकारसँग भने, ‘हाल विदेशी मुद्राको सञ्चितिमा परेको दबाब पनि सुधारोन्मुख देखिएको छ ।’
विश्व व्यापार संगठनको सदस्य समेत रहेको नेपालले आयातमा कडाई गरेसँगै अन्तराष्ट्रिय मुद्रा कोषले पनि यसप्रति चासो देखाएको थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएपछि राष्ट्र बैंकले यसअघि नै आयातमा गरिएको कडाई खुकुलो पार्ने संकेत गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्