Skip to content
LAXMI SUNRISE BANK

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले बिक्री गर्न लागेको सो ऋणपत्र खरिद प्रक्रियामा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि तोकिएका व्यक्ति वा संस्थाहरुले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

प्रतिस्पर्धी खरिदकर्ताका लागि निष्काशित रकमको ८५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ र अप्रतिष्पर्धी खरिदकर्ताका लागि १५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले माघ १७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही माघ १८ गते निष्काशन हुनेछ भने २०८४ माघ १८ गते साँवा भुक्तानी हुनेछ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK