Skip to content
LAXMI SUNRISE BANK

इन्धनमा कालोबजारी गरेको भन्दै आयल निगमका सञ्चालक विरुद्ध जाहेरी, ‘अनुसन्धान अघि बढाउछौँ’- सीआईबी

अर्थ सरोकार

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरु विरुद्ध जाहेरी दिएको छ । इन्धनमा कालोबजारी गरेको भन्दै मञ्चले पदाधिकारीहरु विरुद्ध केन्द्रीय अुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएको हो ।

मञ्चका अनुसार निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानीसहितका सञ्चालन विरुद्ध जाहेरी दिएको हो । जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाउने सीआईबीले जनाएको छ ।

इन्धनमा २० प्रतिशतभन्दा अधिक नाफा राखेर कालोबजारी गरेको भन्दै जाहेरी दर्ता गराएको मञ्चका सचिव जयप्रसाद पौडेलले बताएका छन् । ‘निगमले भारतबाट सस्तोमा इन्धन खरिद गर्छ, तर ऋण र बक्यौताका नाममा नेपालमा महंगोमा बेच्छ’, उनले भने, ‘आफु मोटाउन उपभोक्तालाई लुट्न त मिलेन नि ? त्यसैले जाहेरी दिएका हौँ ।’

हाल निगमले हवाई इन्धन आन्तरिकतर्फ १४१ रुपैयाँ १९ पैसामा खरिद गरी प्रतिलिटर ४८ रुपैयाँ ८१ पैसा नाफा खाएर १९० रुपैयाँमा बेच्ने गरेको छ । त्यस्तै, बाह्यतर्फको हवाई इन्धन ११७ रुपैयाँ ७१ पैसामा खरिद गरी ९९ रुपैयाँ ५३ पैसा नाफा राखी २१७ रुपैयाँ २४ पैसामा बिक्री गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK