×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ

२२ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । मृत्यु भएका व्यक्तिको हातबाट ब्रास्लेट चोरी गरेको आरोपमा भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका युवकको हातमा लगाएको ब्रास्लेट चोरेको भन्दै सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क ५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका राईले १७ पुसमा नारायणगढ मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा परी ज्यान गुमाएका युवकले हातमा लगाएको ब्रास्लेट चोरेको प्रहरीले जनाएको छ ।

उनले मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला ब्रास्लेट चोरी गरेको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी