×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच एकिकृत कारोबार सुरु

PRIME CA
GLOBAL IME BANK

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच एकिकृत कारोबार सुरु

२६ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि प्रभु र सेञ्चुरीको एकिकृत कारोबार सुरु भएको छ । दुई बैंक एक भएपछि ‘प्रभु बैंक’ को नाममा एकीकृत कारोबार सुरु भएको हो । प्रतिनिधि सभाका सांसद देवी भट्टचनले एक भव्य कार्यक्रमका बीच एकिकृत कारोबार सुरु गरेका छन् ।

पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: