काठमाडौं । काडमाडौंको बानेश्वरस्थित संसद भवनअघि आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालकसँग बयान लिएको छ ।
मर्नुअघि प्रेमले ‘आत्महत्या’ गर्नुको कारण उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ सार्वजनिक गरेका थिए । सोही स्टाटसमा उल्लेख गरिएका विभिन्न व्यक्तिहरुसँग प्रहरीले हाल सोधपुछ जारी राखेको छ । सोही क्रममा प्रहरीले सोमबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको हो ।
यसअघि मृतक प्रेमको परिवारले सोही स्टाटसको आधारमा ११ जना व्यक्ति तथा संस्थाविरुद्ध जाहेरी दर्ता गरेका थिए । सोही जाहेरी र ‘फेसबुक स्टाटस’का आधारमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जाहेरीका आधारमा प्रहरीले ‘आत्महत्या दुरुत्साहन मुद्धा’मा अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिएपछि प्रहरीले आफ्नो अनुसन्धान सरकारी वकिलको कार्यालयमा पेस गर्ने छ। अनुसन्धान गर्दै जाँदा कतिपय व्यक्ति पक्राउ गर्नुपर्ने वा नपर्ने खुल्दै जाने प्रहरीले बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्