Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत बोनस सेयर पारित

अर्थ सरोकार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा पौष २४ गते आइतबार सम्पन्न भएको छ । सभामा सेयरधनीहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो । उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनिहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ करोड ८० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट भएका निर्णयको अनुमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी परिरहेको सम्बन्धमा समेत सेयरधनीहरुलाई जानकारी गराएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK