×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन’- गृहमन्त्री रबि

PRIME CA
GLOBAL IME BANK

‘गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन’- गृहमन्त्री रबि

५ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने प्रतिबद्धता गरेका छन् । बिहिबारको प्रतिनिधि सभा बैठकमा हत्या आरोपित सांसद सहभागित भएको भन्दै उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपितसमेत बैठकमा उपस्थित भएको भन्दै आपत्ति जनाएका थिए । उनले महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महत्तोलाई लक्षित गर्दै आपत्ति जनाएका थिए ।

सोही प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले गृहमन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका हुन् ।

‘फरार रहनुभएका मानिस हुनुहुन्छ, उहाँलाई फर्कनको लागि भन्नुभयो । गृह मन्त्रालय विधि, पद्धतिभन्दा एक इन्च पनि बाहिर जाँदैन । यो ग्यारेन्टी गराउन चाहन्छु । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने यसअगाडि नै सम्मानित सदनलाई जानकारी गराइएको छ ।’- उनले भनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: