काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
नागरिकता विवादका कारण गृहमन्त्री पद गुमाएका रविले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि प्रधानमन्त्रीलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका हुन् । उनीहरुबीच उपनिर्वाचन, गृहमन्त्रालय र समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
रविको नागरिकता विवादका कारण गृहमन्त्रालय गुमाए पनि रास्वपाले गृहमन्बीमा दाबी गर्दै आएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रालय आफैसँग राख्ने मनस्थितिमा देखिएका छन् ।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। आइतबार साँझ पनि रविले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्