विराटनगर । विराटनगरका अनिस्कार भट्टले बाटोमा भेटेको एख लाख ३५ हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । गत ओसज २५ गते भट्टले बाटोमा हिँड्दै गर्दा भेटेको सो रकम सामुदायिक प्रहरी सेवा केन्द्रको रहोबरमा अमोदकुमार यादवलाई फिर्ता गरेका हुन् ।
‘मैले बाटो हिँड्दै गर्दा पैसा भेट्टाएको हो’, अनिस्कर भट्टले भने, ‘बैंकको नामसहित पैसाको बिटो नै भएकाले बैंकबाट ल्याउँदा झरेको हुनसक्ने भन्दै ग्लोबल आइएमई बैंकका कर्मचारीको जिम्मा लगाएको थिएँ ।’ भट्टका अनुसार बैंकको सहयोगमा रकम हराउने व्यक्तिको पहिचान गरी रकम फिर्ता गरिएको हो ।
त्यस्तै, बैंकका शाखा व्यवस्थापक राजेश विष्टले पनि भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने व्यक्ति फेला परेको बताए । ‘रकम विराटनगरका एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत अमोदकुमार यादवको रहेछ’, उनले भने, ‘अहिले हामीले सो रकम उहाँको जिम्मा लगाईसकेका छौँ ।’
आफ्नो हराएको रकम फिर्ता पाएपछि यादवले रकम भेट्टाउने अनिस्कर भट्ट, बैंक र प्रहरीलाई धन्यावाद दिएका छन् । ‘बैंकबाट फर्किंदा पैसा हरायो, कति खोजें तर भेटिन’, उनले भने, ‘रकम भेट्टाएर पनि यत्रो दुःख गरी फिर्ता गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्