काठमाडौं । कठोर ब्रत मानिने एक महिने स्वस्थानी ब्रत अर्थात माधवनारायण मेलाको रौनक साँखुको शालीनदीमा बढेको छ । स्वस्थानी ब्रतको अवधि उत्तरार्धतिर आइपुग्दा यो रौनक झन् बढेको हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत बसेका र स्वस्थानीमा आस्था राख्ने भक्तजनहरुको शालीनदीमा राम्रै भीड देखिन्छ ।
पुस २२ गतेदेखि सुरु भएको शालीनदी मेलामा भक्तजनहरुको भीड नै देखिन्.छ । अझ बिदाको दिन त हजारौँको संख्यामा भक्तजनहरु शालीनदीमा पुग्ने गरेका छन् । यसै पनि साँखुको शालीनदी धार्मिक दृष्टिकोणले पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनहरु स्नान गर्न र दर्शन गर्नकै लागि यहाँ पुग्ने गर्दछन् । त्यसैमाथि एक महिनासम्म लाग्ने शालीनदी मेलाले यसप्रतिको आकर्षण झनै बढाएको छ ।
तर, यसवर्ष भने अघिल्ला वर्षको जस्तो रौनकता भने शालीनदीमा देखिएको छैन । अघिल्ला वर्ष शालीनदी मेला सुरु भएको दिनदेखि नै भक्तजनहरुको भीड लाग्ने गरेको भए पनि यसवर्ष भने शालीनदीमा भक्तजनहरुको सहभागिता भने घटेको छ । विभिन्न जिल्लाबाट भक्तजनहरु आउने क्रम जारि रहेको भए पनि विगतका वर्षको जस्तो भिड र रौनकता नभएको पुरोहितहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्