×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार १५.७० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५९ कम्पनीको ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड २० लाख ५४ हजार ५ सय ८७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, लुम्बिनी जनरल इन्स्योरेन्स, इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड २० लाख ५४ हजार ५ सय ८७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा लुम्बिनी जनरल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र सुर्यज्योति लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्राइमको सेयरमा यस्तो गिरावट आउँदा मनकामना समार्ट लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तिय संस्था, सगरमाथा इन्स्योरेन्स र नेरुडे लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: