काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २६७ कम्पनीको ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३ सय ९२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सुर्यज्योति लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर र स्वेत-गंगा हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमइ जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३ सय ९२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन उर्जा विकास कम्पनी, एनआइसी एशिया बैंक, अङखु खोला जल विद्युत कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । समृद्धिको सेयरमा यस्तो गिरावट आउँदा सिभिल लघुवित्त वित्तीय संस्था, सुर्यदय वोमी लघुवित्त, ग्रिन लाइफ हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्