×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार नेप्सेमा ४१ अंकको गिरावट, ३ अर्ब ३० करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार

PRIME CA

सोमबार नेप्सेमा ४१ अंकको गिरावट, ३ अर्ब ३० करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५६ कम्पनीको ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १७ करोड ६५ लाख ४० हजार ८६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र ११ % एनआइसी एशिया डेबेञ्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १७ करोड ६५ लाख ४० हजार ८६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा युनाइटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । युनाइटेड आइडिआइ मर्दीको सेयरमा यस्तो गिरावट आउँदा स्वेत-गंगा हाइड्रोपावर, सगरमाथा इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: