Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ सेवा बिस्तार

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की-चुहा नगरपालिका वडा नं.०६, गुलरा र कावासोती नगरपालिका वडा नं.१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो तीन शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०० पुगेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK