×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यमन्त्री गिरी र स्वास्थ राज्यमन्त्री तोसिमाबीच व्यापक मतभेद, तोशिमालाई फ्लप बनाउने एमाले योजना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वास्थ्यमन्त्री गिरी र स्वास्थ राज्यमन्त्री तोसिमाबीच व्यापक मतभेद, तोशिमालाई फ्लप बनाउने एमाले योजना !

Artha Sarokar

७ माघ २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वास्थमन्त्री बनेको केहि समयभित्रै स्वास्थमन्त्री एवं नेकपा एमालेका नेता पदम गिरी र स्वास्थ राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकि नेतृ डा.तोसिमा कार्कीबीच ब्यापक मतभेद सुरु भएको छ । गिरीले मन्त्रालयमा आफुअनुकुल निर्णय गर्ने र त्यसमा सकेसम्म तोशिमालाई ठाउँ नै नदिने गर्न थालेपछि दुईबीच मतभेद देखिएको हो ।

‘स्वास्थमन्त्रीले आफुअनुरुप खुरुखुरु निर्णय गरिरहेका छन् । उनको उद्देश्य भनेकै तोशिमालाई पेन्डुलम बनाउने हो ।’ स्वास्थमन्त्रालय स्रोतले भन्यो- ‘ अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरीले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेका छन् । आफु मन्त्रीको स्वकीय सचिव बन्ने कन्फर्म भएको भन्दै अरुलाई डर देखाएर तोशिमालाई फ्लप बनाउने र आफुअनुरुप काम गर्ने तयारी एउटा टिमको छ ।’

यसका लागि मन्त्रीसँग ठुला मेडिकल माफियाहरुसँग भेटाउने कामसमेत भएको छ। ‘मन्त्री गिरीले आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिव बनाउन चाहेका छन् ।’ स्रोतले अगाडी भन्यो- ‘ तोशिमालाई फ्लप बनाउने योजना अनुसार नै सबै काम भईरहेको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी