काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गर्ने सो ट्रेजरी बिलको सोमबार (आज) दिउँसो २ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलन जारी गर्न लागेको हो । यो ट्रेजरी माघ १७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, ९१ दिनको लागि जारी गर्न लागेको ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल चैत्र २१ गते परिपक्व हुनेछ भने १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०८० पुस १७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन पाउनेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथामिकतामा राख्दै क्रमानुसार आह्वान रकममा ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्