काठमाडौं । धरानमा टेक्निकल फेस्टिभल ‘एक्स टेक स्टुडियो ३.०’ सुरु भएको छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थी समाज (एक्सेस)को आयोजनामा तनि दिने फेस्टिभल सुरु भएको हो ।
फेस्टिभलको उद्घाटन पूर्वाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठले ड्रोन उडाएर गरेका थिए । फेस्टिभलको उद्घाटन गर्दै श्रेष्ठले सफलताको शुभकामना समेत दिएका छन् ।
‘यो फेस्टिभल समय सान्दर्भिक र अहिलेको आवश्यकता पनि हो’, उनले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थीको किताबी ज्ञान मात्रै नभएर क्षमता अभिवृद्धिमा पनि विशेष भूमिका खेल्छ ।’ त्यस्तै, उनले आगामी दिनमा अझै रचनात्मक र गुणात्मक हिसाबले वृहत कार्य गर्न समेत सुझाएका छन् ।
फेस्टिभल २९ गतेसम्म सञ्चालन हुनेछ । फेस्टिभलको मुख्य इभेन्टका रुपमा २८ गते रोबो रेस, सोल्डरिङ प्रतियोगिता, स्कुल÷कलेज हाजिरीजवाफ प्रतियोगिता र प्रोजेक्ट डेमोन्ट्रेसन लगायतका गतिविधि रहने एक्सेसका अध्यक्ष गोकर्ण बास्कोटाले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्