×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! यसकारण सकेसम्म र मिलेसम्म नचढ्नुहोस् यति एयरलाइन्सको विमान ! (तथ्य, कारण र विश्व रेटिङसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १ माघ २०७९, आईतवार

PRIME CA

होसियार ! यसकारण सकेसम्म र मिलेसम्म नचढ्नुहोस् यति एयरलाइन्सको विमान ! (तथ्य, कारण र विश्व रेटिङसहित)

काठमाडौं । बेला-बेलामा दुर्घटनामा परिरहने वा नेपालको दुर्घटनाको इतिहास हेर्ने हो भने धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक यति एयरलाइनसको विमान पुनः दुर्घटनामा परेको छ । आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेको छ ।

आकाशबाटै अनियन्त्रित बनेको सो विमान पोखराको पुरानो विमानस्थल पछाडीको घना बस्तीको बीचमा रहेको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनामा परेको यति एयरलाइन्सको सो जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ । दुर्घटनामा परेको जहाज एटिआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर ७५४ जहाज हो । सन् २००७ मा पहिलो उडान गरेको सो जहाज यतिले सन् २०१९ मार्च २६ मा किनेको थियो । थाइल्याण्डको नोक एयरले यो एटीआर किङफिसरलाई बेचेको थियो । भारतको किङफिसर एयरलाइन्सले प्रयोग गरेको यो जहाज सन् २०१३ बाट नुक एयरले प्रयोग गरेको थियो ।

चालक दलका चार जना सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको जहाज एकाएक दुर्घटनामा परेपछि अहिले सम्पूर्ण देश नै शोकमा छ । यसो त यति एयरलाइन्स विश्वको असुरक्षित एयरलाइन्स मध्यमा पर्दछ ।

होसियार ! सकेसम्म र मिलेसम्म नचढ्नुहोस् यति एयरलाइन्सको विमान !
इतिहास नै हेर्ने हो भने ‘यति एअरलाईन्स’ र तारा एअरलाइन्स’ खतरनाक एयरलाइन्सको सूचीमा निकै अगाडी छ । हवाइ सुरक्षा तथा एअरलाईन्स सम्बन्धी मापन गर्ने संस्था ‘एअरलाइन्स रेटिङ डटकम’ले समेत यति एअरलाईन्सलाई दुनियाँकै ‘खतरनाक’ एअरलाइन्सको सूचीमा राखेको छ । उक्त वेवसाइटले सुरक्षाका हिसावले यति निकै कमजोर रहेको रेटीङ गरेको छ । सुरक्षाका हिसावले ७ मा एक स्टारमात्र यति एयरलाइन्सले पाएको छ । एफएए (उड्डयन प्रशासन)ले उक्त एअरलाइन्सलाई एउटा मात्रै स्टार दिएको छ ।

यो भनेको सुरक्षाका दृष्टिले निकै कमजोर रेटीङ हो। विश्वको असुरक्षित र खतरनाक एअरलाइन्सको सूचीमा पनि यो एयरलाइन्स पाचौं नम्बरमा पर्छ । अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको केहि समय अघि विमानहरुको वर्तमान अवस्था सार्वजनिक गर्दै आएको यति एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरिसकेको थियो ।विश्व चर्चित वेवसाइट ट्राभलवेट्स डटकमले पनि यति एयरलाइन्सलाई विश्वको खतरनाक एयरलाइन्सको सूचीमा पाचौं नम्बरमा राखेको छ । यो वेव साइट अनुसार उत्तर कोरियाको एयर कोर्यो सबै भन्दा असुरक्षित एयरलाइन्सको एक नम्बरमा छ । यस्तै अष्ट्रेलियाको चर्चित वेव साइट ट्राभलर्स डटकम डट एयुले पनि यति एयरलाइन्सलाई असुरक्षित एयरलाइन्सका रुपमा दर्ज गरेको छ ।

यतिको जहाज हेर्नमा चिटिक्क, भित्र थोत्रो
यता अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ), उडयन प्रशासन लगायतका संस्थाले समेत यति एअरलाईन्स नचढ्न भनेका छन् । अन्तर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । विभिन्न अध्ययनका क्रममा युरोपियन युनियनले यति एअरलाइन्सलाइ प्रतिबन्ध नै लगाएको भेटिएको छ ।

यति एयरलाइन्सले पूराना जहाज र नेपाल एयरलाइन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै आएको आरोपसमेत विगतदेखि नै लाग्दै आएको थियो । यतिको जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको विषयमा यस अघि नै विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: