×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँसँगको मिलेमतोमा घुस खाएर मोटाएका भन्सार अधिकृत अख्तियारको फन्दामा, भ्रष्टाचार मुद्धा दायर !

PRIME CA
GLOBAL IME BANK

चिनियाँसँगको मिलेमतोमा घुस खाएर मोटाएका भन्सार अधिकृत अख्तियारको फन्दामा, भ्रष्टाचार मुद्धा दायर !

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिनियाँसँगको मिलेमतोमा घुस खाएर मोटाएका भन्सार अधिकृत दानबहादुर केसी अख्तियारको फन्दामा परेका छन् । रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत केसीविरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।

केसीको साथबाट स्रोत नखुलेको २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ ५१ पैसा पाइएपछि अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियारका अनुसार २०४३ सालमा सरकारी सेवामा प्रवेश गरेका केसीको २०७८ असार ३० गतेसम्म वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनुपथ्र्यो तर उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ ७३ पैसा भेटिएको छ । जसमा २ करोड बढी रकम अवैध भएको पाइएको हो ।

केसीले सरकारी सेवामा लागेपछि आम्दानी गरेको रकमबाट घरजग्गा किन्नुका साथै आफ्नो र आफ्नो पत्नी सुशीला पण्डितको नाममा बैंकमा रकम जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ । योसँगै अख्तियारले केसीसँग भएको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ ।

स्रोतका अनुसार केसीले रसुवा भन्सार कार्यालयमा रहँदा चिनियाँसँगको मिलेमतोमा करोडौँ रुपैयाँको चलखेल गर्ने गर्थे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: