काठमाडौं । अपि पावर कम्पनीको फागुन १४ गते वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा बानेश्वर ब्यांकेट, थापागाउँ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागी ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै,बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत पेश हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्