×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, खुद नाफामा ३२ प्रतिशतले वृद्धि हुँदा ईपीएस कति ? (विवरणसहित)

PRIME CA

एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, खुद नाफामा ३२ प्रतिशतले वृद्धि हुँदा ईपीएस कति ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले ९१ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गतवर्षको तुलनामा ३२.६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार भने १८.४८ प्रतिशतले बढेर २४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यता खुद बिमा शुल्क आर्जन भने १८.२३ प्रतिशतले घटेर ३ अर्ब २६ करोड रुपैयाँमा सिमित भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४४.६३ प्रतिशतले घटेर ५३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ३४ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: