काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ५०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १:०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने भएको छ । कम्पनीले माथिल्लो बलेफी-ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्धश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ ।
प्रस्तावित हकप्रद कम्पनीको साधारण सभाबाट पारित भएपछि थप प्रक्रिया अघि बढ्ने भएको छ ।