काठमाडौं । सरकारले सोमबार (भोली) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माओवादी जनयुद्ध सुरु भएको दिनको अवसरमा मन्त्रिपरिषद्ले देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि कर्णाली र बागमती प्रदेशमा मात्रै जनयुद्ध दिवसको दिन पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका थिए ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको थियो ।