काठमाडौं । लघुवित्तको आतंकका कारण ग्रामिण भेगका मानिसहरु आत्महत्या गर्न बाध्य भएको नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बताएका छन् । भण्डारीले आइतबार सामाजिक संजालमार्फत लघुवित्तको दबाब सहनै नसकेपछि आत्महत्या गर्नेहरुको शंख्या बढेको बताएका हुन् ।
उनले विकास सेवा र सहयोगको नाममा मानिसलाई मृत्यको मुखमा पुर्याउने लघुवित्तका बारेमा समयमै सोच्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, ‘नेपाली आम संचार जगतमा लघुबित्तको कारण ग्रामिण भेगका परिवार बिस्थापित हुने र बिशेषगरी महिलाहरुले आत्महत्या सम्म गरिरहेको समाचारहरु दिनहुँ सार्वजनिक भैरहेका छन्। यो समस्या मेरो जिल्ला गुल्मीमा पनि बिकराल बनिरहेको छ । संचार जगतमा सार्वजनिक भएका यी समाचार सत्य हुन भने मुलुक र नागरिकका लागि यो ठूलो अपराध हो । समस्या समाधानका निम्ति मैले सरोकारवाला निकायसंग पटक पटक आग्रह गरिरहेको छु । विकास, सेवा, र सहयोगका नाममा सोझा नागरिकको घरबास नै उठाउन किमार्थ पाईंदैन । सरकार र जिम्मेवार निकायहरुलेले यसको बिषयमा तत्काल ठोस कदम चालोस,जनता लुट्ने पेशाको साझेदारी जस्तो नबनोस !!! गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्