काठमाडौं । नेपालमा पछिल्लो समय साइबर सुरक्षाको बहस निकै बढी छ । नेपालमा बैंक खाता नै रित्तो गरिदिने, नेपालीका गोप्य विवरणको दुरुपयोग गर्ने लगायतका घटना बढेपछि यसतर्फ धेरैको चासो बढेको हो । अझ त्यसमाथि चिनियाँहरुले बनाएको स्क्याम लिंकका कारण थुप्रै नेपालीको रकम फसेपछि र बैंकका एटिएमसमेत ह्याक हुन थालेपछि नेपालमा साइबर सुरक्षाको बहस झनै बढेको छ । यद्यपी, भारतले सुरक्षाका कारण देखाउँदै बन्द गरेका चिनियाँ एप नेपालमा चल्दा, के ती एप नेपालमा सुरक्षित छन् त ? भन्ने बहस जन्माएको छ ।
राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै भारत सरकारले झण्डै २०० बढी चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ । ती चिनियाँ एपहरूमा ब्युटी क्यामेरा, स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, इक्वेलाइजर एण्ड बेस बुस्टर, क्यामकार्ड, आइसोल्यान्ड २, आसेज अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्म्योजी एरेना, एपलक र डुअल स्पेस लाइटलगायत छन्, र यी एप प्रयोग गर्ने नेपालीहरुको संख्या ठूलो छ ।
गत वर्षको जुनमा पनि भारतले टिकटक, विच्याट र हेलो लगायतका ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो । जुन २९ को आदेशमा प्रतिबन्ध लगाइएका अधिकांश एपहरूले प्रयोगकर्ताको डाटा संकलन गरिरहेको गुप्तचर निकायहरूले बताएका थिए । तर, अझै पनि डाटा चोरीका घटना बढेको भन्दै पछि सेप्टेम्बरमा भारत सरकारले थप ११८ वटा चिनियाँ मोबाइल एपहरू बन्द गरेको थियो ।
चीनले चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध जारी राख्ने भारतको निर्णयको विरोध गर्दै सो कार्य विश्व व्यापार संगठनको गैर-भेदभावपूर्ण सिद्धान्तहरूको उल्लङ्घन भएको दावी गरे पनि सुरक्षाका कारण ती एपहरुमाथी प्रतिबन्ध लगाउनुपरेको भारतको दाबी छ ।
भारतले प्रतिबन्ध गरेका एप नेपालमा चल्दैनन् मात्र, बरु ती एपहरुले पनि नेपालीका विवरण संकलन गरिरहेका हुन्छन् । यसले नेपालीहरुको विवरणको दुरुपयोग हुने खतरा बढाएको सरोकारवालाहरुको दाबी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्