काठमाडौं । उत्तरी नाकामार्फत जाडो सकिएपछि बल्ल जाडोका कपडा भित्रिन थालेका छन् । जाडो सकिएपछि बल्ल ज्याकेट, पन्जा, लगायत जाडोमा खपत हुने सामान नेपाल भित्रिन थालेका हुन् । यी सामान गत असोजमै नेपाल आउनुपर्ने थियो । तर नाकामा समस्या देखाएर ती सामान नेपाल भित्रिन सकेका थिएनन् । जाडोको सिजनका लागि अर्डर गरिएका कपडाहरु गर्मी लागेपछि आउँदा व्यवसायीलाई दोहोरो मार परेको छ । सिजनमा व्यवसाय गर्न नपाएका व्यवसायीले अब ती कपडा गोदाममा राख्नुपर्ने हुन्छ ।
गोदामको भाडा तिर्नुपर्दा र स्टक बस्दा व्यापारीहरु मारमा परेका छन् भने अर्को बर्ष नयाँ डिजाइन आउने हुनाले ती सामान पनि बिक्री हुने हो वा होइन भन्ने चिन्ता व्यवसायीलाई छ । ‘कपडा भन्ने चिज जतिबेला पनि बिक्दैन । कपडाका माग फरक हुन्छन्, सिजन हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै न्युरोडका एक व्यापारीले भने- ‘३ महिनाअघि आउनुपर्ने जाडोका कपडा अहिले आउँदैछ । गर्मि लागेपछि जाडोको लुगा कसले लगाउँछ ? सबै कपडा गोदाममा थन्काएर राख्नुपर्छ । गोदामको भाडाले कपडाको दाम पनि बढाउँछ।’
जाडो सकिएपछि जाडोका लुगा आउँदा व्यापार चक्र नै बिग्रेकाले आफुहरुलाई निकै समस्या परेको व्यापारीहरुको गुनासो छ । ‘सामान नै नबिकेपछि स्टकमा राख्नुको विकल्प नै छैन । अब यो जाडोका लागि मगाएका कपडाहरु अर्को जाडोसम्म राख्नुपर्छ ।’ न्युरोडकै अर्का एक व्यापारीले भने, ‘अब गर्मिको सिजन आयो, गर्मिका लागि पनि कपडा अर्डर गरेका छौँ तर यस्तै हो भने दशैंसम्म पनि आउँछ कि भन्नेमा शंका छ । अहिले पनि पूराना स्टकमात्र बेचिरहेका छौँ । पोहोर नै आयात भएका कपडा हुनाले यी कपडाको भाउ पनि बढेको छ ।’
नाकामा समस्या हुँदा पनि सरकारले भने खासै चासो नदिएको भन्दै व्यापारीहरु रुष्टसमेत छन् । हरेक वर्ष बिना कारण चिनियाँ नाका बन्द हुँदा, करोडौंको सामान महिनौँसम्म नाकामै रोकिँदा पनि त्यसफर्त राज्यको ध्यान नगएको उनीहरुको गुनासो छ । ‘समयमा सामान नआउँदा व्यापार हुँदैन, व्यापार नभएपछि व्यवहार बिग्रिन्छ, व्यवहार बिग्रिएपछि व्यापारी आत्महत्या गर्न बाध्य हुन्छ ।’, अर्का एक व्यापारीले अर्थ सरोकारसँग भने, ‘यसतर्फ राज्य गम्भीर नहुने हो भने स्थिती अझै भयावह हुनसक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्