काठमाडौं । भूकम्प र कोरोना महामारीका कारण थलिएको नेपालको व्यापार-व्यवसाय पछिल्लो समय उत्तरी नाकामा समस्या देखिँदा थप बिग्रिँदै गएको छ । उत्तरी नाकामा अनेक बहानामा भईरहने अघोषित नाकाबन्दी, चिनियाँहरुको हेपाहा प्रवृत्ति, सामान अड्किने समस्या, भन्सार कार्यालयमा तिर्नुपर्ने घुसका कारण व्यवसाय बिग्रिँदै गएको व्यापारीहरुको गुनासो छ ।
चीनतर्फका दुबै नाकाबाट निकै न्यून मात्रामा कन्टेनर नेपाल भित्रिने, समयमा सामान नआउने, लगायतका समस्याका कारण निकै बढी सास्ती भोग्नुपरेको व्यापारीहरुको गुनासो छ । ‘उत्तरी नाकामा व्यापारीको पीडा कति छन् कति, तर कसले सुन्छ ?’, काँडाघारीका एक व्यापारीले भने, ‘कपडैमात्र ल्याउँदा पनि सुनका डल्लै ल्याएजस्तो गर्छन् चिनियाँहरु । अझ त्यसमाथि कतिबेला नाका बन्द हुने हो पत्तो नै हुँदैन । कहिलेकाहीँ त महिनौसम्म नाकामै सामान कुरेर बस्नुपर्छ ।’
यसो त नाकामा रोकिने सामानका कन्टेनरबाट चिनियाँहरुले सामान झिकिदिनेसमेत गरेको ती व्यापारीको भनाई छ । ‘जाँच गर्ने हो भन्दै कन्टेनरमा छिर्छन्, अनि मनपरी रुपमा सामान झिकिदिन्छन् । केही बोल्यो भने करोडौँको माल महिनौँसम्म पनि रोकिदिने धम्की दिन्छन् ।’, ती व्यापारीले भने, ‘यतिसम्म की नाका खुलेकै बेलामा पनि नाकाबाट सामान छुटाउनका लागि घुस दिनुपर्छ ।’
केही समयअघि मात्रै चिनियाँ नाकामा करोडौँको सामान अड्किँदा व्यवहार बिग्रिएपछि न्युरोडका व्यापारीले देहत्याग गरेको घटना बाहिरीएको थियो । यति मात्र होइन नाकामा व्यापार सहज नभएपछि आधा भन्दा धेरै नेपाली व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सृजना भएको व्यापारीहरु बताउँछन् ।
‘आधा भन्दा बढी व्यापारी व्यवसायबाटै पलायन भएका छन् ।’, व्यापारी भन्छन्- ‘सिमित व्यक्ती र संस्थालाई सिण्डिकेट गर्न दिँदासमेत निकै समस्या भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्