×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

२० माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १७ स्थाई बतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझी पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको मिति २०७९/०५/२८ गतेको आदेश अनुसार १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँ विगो भई फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका माझीलाई आवश्यक कारवाहीका लागी काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी