×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ६ लाख ठगीको आरोप

PRIME CA
GLOBAL IME BANK

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ६ लाख ठगीको आरोप

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला रुकुम सानीभेरी गाउँपालिका वडा नं. २ स्थाई बतन भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ५ सामाखुसी बस्ने ३१ वर्षीय दलविर वि.क पक्राउ परेका हुन् ।

उनले रुकुम पश्चिम चौरजहरी नगरपालिका वडा नं.८ बस्ने ३० वर्षीय भिम प्रकाश बुढाथोकि सहितलाई वैदेशिक रोजगारीका लागी दुबई पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । वि.कले सम्बन्धित देशमा जना प्रतिव्यक्ति ३ लाख लाग्ने र दुबई पुगेपछि सेक्युरिटीगार्डमा काम लगाईदिने, मासिक ६० हजार तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा परेर पिडितहरुबाट पटक पटक गरी ६ लाख रुपैयाँ रकम लिई फरार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई फागुन १० गते काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ परेका वि.क लाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: