काठमाडौं । सीवाईसी लघुवित्तमा निष्क्रिय कर्जा अस्वभाविक बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै लघुवित्तले खुद नाफामा ५८.९७ प्रतिशत कमी आएको जनाएको छ ।
गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको लघुवित्तको सो नाफा घटेर २ करोड ३८ लाख ६५ हजार रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा २.७० प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेको छ । योसँगै लघुवित्तको खुद ब्याज आम्दानी १६.७३ प्रतिशतले बढेर १२ करोड १४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै सिवाईसी लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समिक्षा अवधिसम्ममा १०२ रुपैयाँ ४४ पैसा रहेको लघुवित्तको ईपीइस ६३ रुपैयाँ २ पैसाले घटेर ३९ रुपैयाँ २४ पैसा कायम भएको छ । त्यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ भने ३३३ रुपैयाँ ४३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्