काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोगजारीमा जान रोक लगाएको छ । एक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले दुबई र कतारका लागि बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने जनाएको हो ।
यी पदका लागि दुबई र कतार गएका अधिकांश श्रमिकहरु समस्यामा परेको भन्दै नेपाल सरकारले तत्कालका लागि दुवै पदमा दुबई, कतार जान रोक लगाएको हो ।
विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार पछिल्लो समय दुबई र कतारमा राईडर र ड्राइभरका लागि पुगेको नेपाली श्रमिकबाट स्वीकृत मागपत्र बमोजिम न्यूनतम तलब नपाएको, सहज रुपमा लाइसेन्स नपाउँदा लामो समय कामबिहीन भएर बस्नुपरेको र अधिकांश श्रमिक कार्वाही परेको गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरिएको हो ।
दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभरका लागि श्रमिक पठाउन सुरक्षित नदेखिएपछि सरकारले अर्को व्यवस्था नहुन्जेलसम्म पूर्वस्वीकृति रोक्ने निर्णय गरेको भुसालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्