×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-भारत उर्जा व्यापारमा अर्को टर्निङ पोइन्टः ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल-भारत उर्जा व्यापारमा अर्को टर्निङ पोइन्टः ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

Artha Sarokar

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली भारत लैजाने सहमति भएको छ । नेपाल-भारतका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठकले ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली भारत लैजाने सहमति गरेको हो ।

हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट ६ सय मेगावाट विद्युत् आयात-निर्यात भईरहेको छ । अब भने सो क्षमलाई बढाएर आठ सय मेगावाट विद्युत् भारत लैजाने सहमति भएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जनाएका छन् । यसले नेपाल-भारत उर्जा व्यापारमा अर्को टर्निङ पोइन्ट स्थापित गर्ने विश्वास गरिएको छ ।

योसँगै टनकपुर-महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट पनि विद्युत् आयात-निर्यात गर्ने सहमति भएको सहसचिव भेटुवालले बताएका छन् । भेटुवालका अनुसार उर्जा सचिवस्तरीय बैठकपछि नेपालका अन्य आयोजनाबाट पनि बिजुली लैजान भारत सकरात्मक देखिएको छ ।

एक सय ३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र बनाउने पनि सहमति भएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको चार सय केभी नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माणकार्य २०२५ मार्च सम्ममा सम्पन्न गर्नेसम्बन्धी सम्झौता चाँडै गर्नेबारे पनि दुवै पक्ष सहमत भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी