Skip to content
LAXMI SUNRISE BANK

नेपाल-भारत उर्जा व्यापारमा अर्को कोशेढुंगा थपिँदै, पिपिएका लागि ४ हाइड्रोको लिष्ट भारत पुग्यो !

अर्थ सरोकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न चार जलविद्युत् आयोजनाको नाम भारत पठाएको छ ।

प्राधिकरणले पाँच वर्षको पीपीएका लागि ८६ मेगावाटको सोलुखोला (दुधकोसी), ३६ मेगावाटको अपर बलेफी, २२ मेगावाटको माथिल्लो चाकु-‘ए’ र २८ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनाको नाम भारत पठाएसँगै नेपाल-भारत उर्जा व्यापारमा अर्को कोशेढुंगा थपिने विश्वास गरिएको छ ।

योसँगै दीर्घकालीन पीपीएका लागि पनि लाम पठाउने तयारी भईरहेको प्राधिकरण स्रोतले जनाएको छ । नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक भारतको राजस्थानस्थित माउण्ट आबुमा बसेको थियो। बैठकमा भारतसँग दीर्घकालीन पीपीएका लागि नेपालले प्रस्ताव गरेको थियो।

दीर्घकालीन पीपीएका लागि नाम पठाउने विषयमा भारतबाट सकारात्मक प्रतिक्रिया आएको विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK