काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चैत २५ गते साधारणसभा बोलाएको छ । लघुवित्तको फागुन ७ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । लघुवित्तले यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । लाभांश प्रस्तावबिना नै संस्थाले साधारणसभा बोलाएको हो ।
साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।
त्यस्तै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको हो ।सभा प्रयोजनका लागि लघुवित्तले चैत १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्