काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८९ हजार २ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५० कायम गरेको छ ।