काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।