काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८७ हजार ७ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९२ रुपैयाँ कायम गरेको छ ।