काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको कार्वाहीविरुद्ध रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अदालतमा रिट दायर गरेका छन् । बोर्डले गरेको कार्वाहीको निर्णय बदर गर्न माग गर्दै न्यौपाने सोमबार उच्च आदालत पाटन पुगेका हुन् ।
बोर्डले पुसको अन्तिम सातामा न्यौपानेलाई नगद जरिवाना तिराउने निर्णय गरेको थियो । तर, न्यौपानेले बोर्डको सो निर्णयलाई अस्वीकार गर्दै नगद जरिवानाको निर्णय बदर गर्न माग गरेका छन् ।
न्यौपानेले उच्च अदालत पाटनमा दायर गरेको रिटमा नेपाल धितोपत्र बोर्ड, ऐ.ऐ सुपरिवेक्षण विभाग, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं र प्रहरी वृत्त मिनभवन काठमाडौंलाई विपक्षी बनाएका छन् ।
बोर्डले न्यौपानेलाई यसअघि ७५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । बोर्डले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र सम्बन्धित अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था अनुसार नै न्यौपानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्