काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले किसानको अनुदान खानेहरु पापी भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले कृषि अनुदानमा भ्रष्टाचार गर्नेहरु पापी भएको बताएका हुन् ।
कृषि अनुदानमा व्यापक अनियमितता भएको बताउँदै ढकालले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘झोलामा गाई पाल्ने, झोलामा खेती गर्ने झोले किसानहरुलाई झोलामै अनुदान हालिएको छ’, उनले भने, ‘अनुदानको व्यापक दुरुपयोग भएको छ, भ्रष्टाचारविरुद्ध छानबिन सुरु गर्ने हो भने कृषि अनुदानमा भएको दुरुपयोगबाट सुरु गरौँ ।’
काठमाडौंमा हुर्कदैँ गरेको बच्चाका लागि दुध पठाउने किसानले पाउने अनुदान पनि नछोड्नेलाई पापीको संघ्या दिँदै उनले यस्ता विरुद्ध तत्कालै छानबिन गनुपर्ने बताएका छन् । त्यस्तै, उनले किसानका लागि पठाइने कृषि अनुदान एकद्धार प्रणालीमार्फत वडामै पठाउनुपर्ने समेत बताएका छन् ।
‘वडाबाट अनुदान दिँदा अनुगमन गर्नै पर्दैन । कसको घरमा गाई पालेको छ सबै थाहा हुन्छ’, उनले भने, ‘किसानको हितमा काम गर्ने हो भने हामी उठान गरेको मुद्धा र विषयमा बहस गर्न र कार्यान्वयन गर्न आग्रह गर्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्