×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अलबिदा बैंकिङका गुरुबा…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

अलबिदा बैंकिङका गुरुबा…(फोटो-कथा)

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रले आज (आईतबार) बैकिङका ‘गुरुबा’ गुमाएको छ । नेपालको प्रथम गभर्नर हिमालय शमशेर जंगबहादुर राणाको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार बिहान ६ः३० बजे राणाको उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । राणाको निधनसँगै आज नेपाली बैंकिङ क्षेत्र स्तब्ध बनेको छ । बैंकिङका ‘गुरुबा’समेत रहेका राणाको दाहसंस्कारमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्यघाट मै पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।

सोही क्रममा पूर्व बैंकर अनिल केशरी शाहले स्व.राणाले देखाएको बैंकिङको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रको सलावमा सँधै चिन्तित देखिने राणाको सिद्धान्त नेपाली अर्थतन्त्र र वित्तीय क्षेत्रको लागि मार्गदर्शन साबित भएको बताउँदै शाहले स्व.राणाको यादलाई जिवित राख्न उहाँले दिएको सिद्धान्तलाई बोकेर हिँड्नुपर्ने बताएका छन् ।

आइतबार स्व.राणाको दाहसंस्कारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका सीईओ तथा अध्यक्ष, जनप्रतिनिधि एवम् अर्थविद्हरुको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: