काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ३६.४१ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षमा भने २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । देशभर देखिएको आर्थिक मन्दीका कारण मदिरा व्यवसाय प्रभावित हुनुका साथै प्रतिस्पर्धात्मक बजारका कारण र प्रशासनिकसँगै वित्तीय खर्चमा वृद्धि हुँदा नाफामा दबाब परेको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको कुल नाफा २२.३६ प्रतिशतले घटेको छ भने बिक्री वितरण आम्दानीमा १८ प्रतिशतको गिरावट आएको छ ।
समिक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६० रुपैयाँ ९५ पैसाबाट घटेर २४ रुपैयाँ २२ पैसामा सिमित भएको छ । यो अधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११२.४१ गुणा रहेको छ ।
२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्