×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रहेनन् राष्ट्र बैंकका प्रथम गभर्नर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रहेनन् राष्ट्र बैंकका प्रथम गभर्नर

Artha Sarokar

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जंगबहादुर राणाको निधन भएको छ । राष्ट्र बैैंकको संस्थापक गभर्नर राणाको ९५ वर्षको उमेरमा आइतबार बिहान ६:३० बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी वि.सं. २०१३ बैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा कार्यरत रहेका थिए । त्यसअघि उनी २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेको थिए ।

उनै राणाले तत्कालीन समयमा भारतीय मुद्रा मात्रै प्रचलनमा ल्याइने नेपालका तराई क्षेत्रमा नेपाली मुद्रा लागू गरेका थिए । उनलाई राजा महेन्द्रले गभर्नरमा नियुक्त गरेका थिए ।

हिमालयन बैंकका संस्थापक समेत रहेका राणा संयुक्त राष्ट्र बैंकका विभिन्न देशमा आवसीय प्रतिनिधिका रुपमा समेत कार्यरत रहेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी