×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश आधा घट्यो, ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश आधा घट्यो, ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Artha Sarokar

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । बीमा प्राधिकरणले कम्पनीको लाभांश संशोधन गर्न निर्देशन दिएसँगै कम्पनीको लाभांश आधाले घटेको हो ।

कम्पनीले यसअघि आफ्ना सेयरधनीहरुको लागि ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । तर, प्राधिकरणको निर्देशन अनुसार कम्पनीले अब भने आफ्ना सेयरधनीलाई ३.५ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।

कम्पनीले लाभांश संशोधन गर्दै ३.३२ प्रतिशत बोनस र ०.१७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको सो लाभांश आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीहरुमा वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी